शुक्रबार, ०५ माघ २०७४, ०३ : १४
समाचार

पूर्व ऊर्जामन्त्री शाही संघमा चुनाव लड्ने

काठमाडौं , ३ कार्तिक , २०७४ । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा सदस्यका लागी चुनाव लड्नु हुने भएको छ । नेकपा माओवादी केन्द्रले आज मन्त्री शाहीलाई संघमा र कालीकोटबाट प्रदेशसभा क का लागी दुर्गबहादुर रावतलाई टिकट दिएको हो । आकांक्षी धेरै हुँदा लामो कसरतपछि पार्टी केन्द्रले शाहीलाई संघ र रावतलाई प्रदेशसभा सदस्यका […]

ऊर्जामन्त्री शाहीले ८३ दिनमा गरेका १९ महत्वपूर्ण काम

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालमा निन्न उल्लेखित १९ वटा महत्वपूर्ण कामहरु गर्नुभएको छ । २०७४ साउन ११ गते मन्त्री बन्नुभएका शाहीले जम्मा ८३ दिन मात्र ऊर्जामन्त्रालय सम्हाल्ने मौका पाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ असोज ३१ गते बिना बिभागीय मन्त्री बनाएपछि ऊर्जामन्त्रालयमा रहेर काम गरेको समयावधि मात्र ८३ दिन भएको हो । १) मोवाइल एप्स […]

चुनाव सार्ने षड्यन्त्र भएपछि सरकार नछाडेका हौं – मन्त्री शाही

काठमाडौं , १ कार्तिक , २०७४ । बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने षड्यन्त्र गरेकाले आफूहरुले सरकार नछाडेको बताउनुभएको छ । रिपोट्स क्लब काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीले चुनाव हुने सुनिश्चित भएमा एकछिन पनि सरकारमा नबस्ने दाबी गर्नुभयो । उहाँले चुनाव गराउने मनसाय हो भने प्रधानमन्त्री एक्लैले […]

ऊर्जामन्त्री शाहीको नाम प्रतिनिधि सभा सदस्यका लागी सिफारिस

काठमाडौं, २७ असोज , २०७४ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा सदस्यका लागी चुनाव लड्ने हुनु भएको छ । नेकपा माओवादी केन्द्र कालीकोटको आज सम्पन्न बैठकले शाहीको नाम प्रतिनिधि सभा सदस्यका लागी सिफारिस गरेको हो । शाहीसंगै प्रतिनिधी सभा सदस्यका लागी दुर्गबहादुर रावत र लक्ष्मीप्रसाद चौलागाईको नाम पनि सिफारिस गरिएको छ । त्यस्तै प्रतिनिधि […]

निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौं , २२ भदौं , २०७४ । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गंभीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड […]

विद्युतको महशुल घटाएर पनि विद्युत प्राधिकरणलाई फाईदामा लिन सकिन्छ – मन्त्री शाही 

काठमाडौं , २१ भदौं , २०७४ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई फाईदामा लिन सकिने बताउनुभएको छ । उहाँले विद्युतको महशुल बढाएर मात्र फाईदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण , बिद्युतको गुणस्तर बृद्धि  , ट्रान्समिसन लाईन र  ट्रान्सर्फमरको सही सदुपयोग लगायतका क्रियाकलाप गरेर प्राधिकरणलाई फाईदामा लिन सकिने बताउनुभयो […]

ग्राहकका गुनासा संबोधन गर्न ऊर्जामन्त्रीको पहलमा टोल फ्रि हटलाईन सेवा शुभारम्भ

काठमाडौं , १९ भदौं । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झापा गौरादहका एक सेवा ग्राहीको जनगुनासो सुनेर तथा रिबन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको हो । उहाँले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त […]

तत्काल विद्युत महशुल बढ्दैन – ऊर्जामन्त्री शाही

काठमाडौं, १५ भदौं । सरकारले तत्काल उद्योगधन्दामा विद्युतको महशुल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताउनुभयो । नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताउँदै बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको बताउनुभयो । उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागी विद्युत उत्पादनमा […]

सात दिन भित्र योजना पेस गर्न मातहतका निकायलाई ऊर्जा मन्त्री शाहीको निर्देशन

काठमाडौँ, ९ भदौ । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सात दिन भित्र नयाँ परियोजनाको सूची मन्त्रालयमा पेश गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७३-७४ को वार्षिक समिक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले काम भएन, काम पाइएन भन्दै नबस्न र सात दिन भित्र कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको […]

जलबिद्युतमा मोडल परियोजना निर्माण गर्न अष्ट्रेलियालाई ऊर्जामन्त्रीको आग्रह

काठमाडौं,९ भदौं २०७४ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालमा जलबिद्युत क्षेत्रको बहुउद्देश्यीय मोडल परियोजना निर्माण गर्न अष्ट्रेलियालाई आग्रह गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज नेपालका लागि अष्ट्रेलियाली राजदुत पिट बुडले गर्नुभएको शिष्टचार भेटका क्रममा मन्त्री शाहीले सो आग्रह गर्नुभएको हो । कृषि, पर्यटन, खानेपानी, वातावरण लगायतका क्षेत्रमा सहयोग पुग्ने आयोजना जरुरी रहेको आवश्यकता औल्याउँदै उहाँले देखिने […]