शुक्रबार, ०५ माघ २०७४, ०३ : १४
लोडसेडिङ फर्काउन खोज्नेलाई कारबाही : उर्जामन्त्री शाही (भिडियो सहीत )
शुक्रबार, माघ ५, २०७४

भाद्र २०, २०७४ ।

उर्जामन्त्री महेन्द्रबहादुर शाहीले देशमा लोडसेडिङ फर्काउन भूमिका खेल्ने कर्मचारीहरुलाई छानीछानी कारबाही गर्ने चेतावनी दिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा हटलाइन नम्बर र मोबाइल एप्स सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । लोडसेडिङ गराउन भूमिका खेल्ने कर्मचारीहरुको नाम सार्वजनिक गर्ने र आवश्यकताअनुसार कारबाही गरिने उनको भनाइ छ ।

उर्जामन्त्री शाहीले देशलाई तत्काल विद्युत्मा आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनको दीर्घकालीन योजना बनाउन मन्त्रालय बनाउन लागिपरेको बताए ।

उनले आफू र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङबीच कुनै विवाद नभएको दाबी पनि गरे ।

साभार – इकान्तीपुर डटकम

0
Shares