शनिबार, ०६ असोज २०७५, ०३ : १९
पूर्व ऊर्जामन्त्री शाही संघमा चुनाव लड्ने
शनिबार, अशोज ६, २०७५

काठमाडौं , ३ कार्तिक , २०७४ ।

बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा सदस्यका लागी चुनाव लड्नु हुने भएको छ ।

नेकपा माओवादी केन्द्रले आज मन्त्री शाहीलाई संघमा र कालीकोटबाट प्रदेशसभा क का लागी दुर्गबहादुर रावतलाई टिकट दिएको हो ।

आकांक्षी धेरै हुँदा लामो कसरतपछि पार्टी केन्द्रले शाहीलाई संघ र रावतलाई प्रदेशसभा सदस्यका लागी टिकट दिएको कालीकोटका इन्चार्ज जीवन बुढाले जानकारी दिनुभयो ।

यसअघि शाहीसंगै रावतको नाम पनि प्रतिनिधि सभा सदस्यका लागी सिफारिस गरिएको थियो । एमालेसंगको चुनावी तालमेल अनुसार कालीकोटको प्रदेशसभा ख मा एमालेले टिकट पाएको छ ।

त्यहाँ एमालेबाट नेशनल शाही प्रदेश सभा सदस्यका लागी चुनाव लड्नु हुने भएको छ ।

0
Shares