आइतबार, १० असार २०७५, ०१ : २४
चुनाव सार्ने षड्यन्त्र भएपछि सरकार नछाडेका हौं – मन्त्री शाही
आइतवार, असार १०, २०७५

काठमाडौं , १ कार्तिक , २०७४ ।

बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने षड्यन्त्र गरेकाले आफूहरुले सरकार नछाडेको बताउनुभएको छ । रिपोट्स क्लब काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीले चुनाव हुने सुनिश्चित भएमा एकछिन पनि सरकारमा नबस्ने दाबी गर्नुभयो ।

उहाँले चुनाव गराउने मनसाय हो भने प्रधानमन्त्री एक्लैले गर्न सक्नुहुन्थ्यो , किन काठमाडौंमा ट्राफिक जाम हुने गरि मन्त्रीहरु थपेको भनी प्रश्न समेत गर्नुभयो । चुनावको मुखैमा गणतन्त्र , धर्मनिरपेक्ष , समाबेशी जस्ता मुद्धाहरुको बिरोध गर्ने परिबर्तन बिरोधीहरुलाई सरकारमा ल्याएर चुनाव नगर्ने षड्यन्त्र गरिएको प्रष्ट भएको मन्त्री शाहीको भनाई थियो ।

शाहीले भन्नुभयो ,‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन, हामी यही कार्तिक ५ गतेसम्म सरकारमा बस्छौँ , मनोनयन दर्ता भयो र चुनाव हुने सुनिश्चितता भयो भने हामी सरकार छोड्छौँ।’

आफूहरु मृत्यसँग जितेर आएको बताउँदै मन्त्री शाहीले तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने चेतावनी समेत दिनुभयो ।

मन्त्री शाहीले वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत स्पष्ट पार्नुभयो । ‘स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुनै पार्टीको बहुमत आएन, फेरीपनि केन्द्र र प्रदेशको निर्वाचनमा पनि प्रष्ट बहुमत नआउने पक्का छ, शाहीले भन्नुभयो , त्यसैले नै हामीले ठुलो गृहकार्यबाट वाम एकताको बहस गरेका हौँ।’

0
Shares